पर्यटन र कलाको माध्यमबाट ओखलढुंगालाई चिनाईने

लिला श्रेष्ठ,काठमाडौँ,माघ २० । ओखलढुंगा पर्यटन विकास समिति र ओखलढुंगा कला–साहित्य समाजको संयुक्त कार्यालय उद्घाटन भएको छ । संघीय सांसद यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य अम्बिर बाबु गुरुङ र पूर्वसभासद रामहरि खतिवडाले संयूक्त रुपमा कार्यालयको उद्घाटन गरेका छन् ।

ओखलढुंगाको पर्यटन विकासमा टेवा पुर्याउन सहज होस् भन्ने उद्देश्यले सहित कार्यालय स्थापना गरिएको ओखलढुंगाको पर्यटन विकास समितिका अधक्ष्य ङावाङ ङिमा शेर्पाले बताएका छन् । ओखलढुंगाको समग्र बिकासका लागि सबै मिलेर जानुको विकल्प नरहेको भन्दै उनले पर्यटकिय गतिविधिलाई बढाउन सबै संग आग्रह समेत गरेका छन्। त्यस्तै, कला–साहित्यमार्फत ओखलढुंगाका स्रष्टा, सिर्जना र समृद्धीलाई अघि बढाउनका लागि कार्यालय अनिवार्य भएको अध्यक्ष गम्बु शेर्पाले बताए ।


कार्यक्रममा कलाकार, पर्यटन व्यवसायी, पत्रकार लगायतको उपस्थितीमा रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै सांसद यज्ञराज सुनुवारले पर्यटन, कला र साहित्यको माध्यमबाट ओखलढुंगालाई मुलुककै नमुना जिल्लाको रुपमा चिनाउन आग्रा गरेका छन् । त्यस्तै, प्रदेश सभा सदस्य अम्बिर गुरुङले ओखलढुंगा पर्यटकीय संभावना भएको जिल्ला रहेको र यसलाई साहित्य,संगीत साथै पर्यटनको माध्यमबाट चिनाउन सबैले लागिपर्नुपर्ने बताए ।

पूर्व माननीय रामहरि खतिवडाले ओखलढुंगा कलासाहित्यको उर्वर भूमि रहेको र पर्यटकीय क्षेत्रमा समेत यहाँका सुन्दरताले दुनियाँलाई खिच्ने भएकाले ओखलढुंगालाई अझ चिनाउन सस्थाहरुले महत्वपुर्ण भूमिका खेल्न सक्ने बताएका छन् । सक्षम नेतृत्व रहेकोले अब ओखलढुंगाको पर्यटन साथै कलाकारिता अझ अगाडि बढ्ने उपस्थित भएका अन्य व्यक्तिहरुले बताएका छन्।