गोरखाको पहिचान झल्कने गोरखा गेट

गाेरखा ,माघ १८।  इतिहास झल्काउने गरी गोरखामा गोरखा गेट निर्माण हुने भएको छ । झण्डै १ करोडको लागतमा पृथ्वीराजमार्गबाट आँबुखैरेनीहुदै गोरखा प्रवेश गर्ने गोरखा जिल्लाको मुख्य प्रवेशद्धार  मझुवा देउरालीको मस्र्याङ्दी पुल नजिकै गोरखा गेट बन्न लागेको हो । गोरखा गेटमा बिरताको प्रतिक खुकुरी क्रसका साथै  परम्परा झल्कने खालको परम्परागत इट्टा र झिगटीको छानाले बनाइने र पृथ्वी नारायण शाहको मूर्ति सहित राखिने बताइएको छ ।

जिल्लाको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पहिचान झल्कने चित्रकला लगायतका सामाग्री राखिने छ ।गोरखा गेटको निर्माण जिम्मा सुसु इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिले लिएको छ।