पशुपतिको जग्गामा चरम लापरबाही, सयौं रोपनी जग्गा गायब

काठमाडौं,माघ ८। पशुपतिनाथको जग्गामा चरम लापरबाही भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोषमा राजधानी र आसपासमा मात्र ४ हजार ६ सय ७३ रोपनी जग्गा भएपनि यसको सदुपयोग हुन सकेको छैन ।
करोडौं भाडा उठ्न सक्ने जग्गामा पनि हाल वार्षिक ५६ लाख ३१ हजार रुपैयाँमै कोषले चित्त बुझाउनुपरेको छ । कोषले कुत आम्दानी राम्रो गर्न नसकेपनि व्यवसायीले भने अकुत कमाइरहेका छन् ।
पशुपतिको काठमाडौंस्थित भीमसेनगोला, शंखमूल र मूलपानीका तीनवटा मौजामा रहेको ३ सय रोपनी जग्गा गायब भएको छ । तराईका चार जिल्लाको ११ सय रोपनी जग्गा पनि गायब अवस्थामा नै रहेको छ । पशुपति गुठीको नाममा दर्ता भएका जग्गामध्ये साविकको लगतबाट करिब ३५० रोपनी अझै पत्ता लगाउन सकेको छैन । कोषअन्तर्गतका सबै गुठी जग्गाको लगत पनि कोषसँग नभएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।

काठमाडौँ, फाल्गुन १ । सन् २०१९ को जनवरी

टुरिजम संचार,फाल्गुन १। लाङटाङ राष्ट्रिय निकुञ्जमा हुने अवैध

काठमाडौं फागुन ,१। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज

लमजुङ, माघ २८। सन् २०१८ मा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग

काठमाडौँ, फाल्गुन १ । सन् २०१९ को जनवरी

टुरिजम संचार,फाल्गुन १। लाङटाङ राष्ट्रिय निकुञ्जमा हुने अवैध

काठमाडौं फागुन ,१। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज