कलम डायरी र क्यामरा बोक्ने पत्रकारको हातमा डस्ट्बिन झाडु र स्क्रवर !

भुवनराज उप्रेती । बिहानैको जाडो त्यो पनि पौष महिनाको ।

शनिबारको दिन । फुर्सदिलो भएर परिवार र साथीभाईहरु रमाइलो गर्दै बिताउनुपर्ने समयमा एक हुल युवाहरू हातमा झाडु, स्क्रवर ,डस्ट्बिन लिएर उभिए । हातमा सेफ्टी पन्जा अनि मुखमा मास्क लगाएर उनिहरुले वरिपरिको फोहोर डस्ट्विनमा उठाउन थाले अनि पोल र खम्बामा टासिएका पोस्टरहरु धमाधम उक्काउन थाले । उनिहरुको अघिअघि कुदिरहेको महानगरको दमकल गाडीले खम्बाहरुमा पानिले भिजाउँदै थियो त भने पछि पछि सफा गरेको ठाउँमा पानीले पखालेर झन चिटिक्क पार्दैै ।

रत्नपार्कको शान्तिबाटिकामा शनिबार बिहानै देखिएको दृश्य हो यो ।

सरसफाइमा जुटेको टोलि पत्रकारको टोलि थियो । काठमाडौं महानगरपालिकासँगको सहकार्यमा नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) ,काठमाडौ उपत्यका समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई अरुले पनि स्वतस्फूर्त सघाए ।

सबैभन्दा बढी फोहोर करेन्ट,पराग,चाउचाउका खोल अनि चुरोटका ठुटाहरुकै देखिए । सडक छेउमै ठाउँठाउँमा ठड्याईएका डस्ट्विनहरु प्राय खाली देखिन्थे अनि सडकका पेटिहरु भरीभरी ।

“यहाँ भेटिएका फोहोरहरुले हाम्रो मानसिक चेतना र सभ्यताको स्तर झल्काउछ,फोहोरमैला व्यवस्थापन गर्नु महानगरपालिकाको दायित्व भित्र आउँला तर फोहोर नै नगर्नु र सामान्य नियम पालना गर्नु आमनागरिकको कर्तव्य हो ।”अभियानका संयोजक जि.पि. पौडेलले हातमा उठाएका पानपरागका खोल देखाउदै भने । आज हामीबाट सुरुवात मात्र भएको हो, काठमाडौ उपत्यका पोष्टर र बाहिरी फोहोरले कुरुप बनाएको शहरलाई सफा गर्ने अभियानमा हामी ललतिपुर भक्तपुर र काठमाण्डौ गरि तिन जिल्लाको पुर्ण सहयोग अपरिहार्य छ जहाँ हामी कलम बोक्ने मात्र पत्रकार मात्र हैनौँ, सामाजिक अभियान्ता पनि हौँ । संयोजक पौडेलले थपे ।

काठमाडौ उपत्यकाको फोहोरमैला व्यवस्थापनको विषय आफैमा चुनौतीपूर्ण छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन विकराल बन्दै गएको देखिन्छ ।
उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइटको विकल्पसहित उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापन सार्वजनिक निजी साझेदारीको माध्यमबाट गर्नेगरि लगानी बोर्डले प्रक्रिया थालेपनि त्यो अझै अन्यौलमा छ ।

“यहाँ भेटिएका फोहोरहरुले हाम्रो मानसिक चेतना र सभ्यताको स्तर झल्काउछ,फोहोरमैला व्यवस्थापन गर्नु महानगरपालिकाको दायित्व भित्र आउँला तर फोहोर नै नगर्नु र सामान्य नियम पालना गर्नु आमनागरिकको कर्तव्य हो ।”अभियानका संयोजक जि.पि. पौडेलले हातमा उठाएका पानपरागका खोल देखाउदै भने ।

‘भत्केको घरको मलाई के को डर भन्ने मानसिकता व्याप्त भयो,हामी आफू पनि फेरिनुपर्छ भनेर सकारात्मक सन्देश जाओस भन्दै हामीले यो अभियान सुरु गरेका हौ।हामी सबैमा सकारात्मक सोचको विकास हुनु जरुरी छ ।’ नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले उपस्थित सबैलाई सकारात्मक हुन आग्रह गर्दै भने ।

तरपनि सडकमा जथाभावी फालिने फोहोर अनि हिड्दाहिड्दै गरिने फोहोरले गर्दा उपत्यका दुर्गन्धित हुनुमा नागरिकपनि जिम्मेवार छन । काठमाडौं आफैंमा मिनि नेपाल हा । नेपाल घुम्न आउने पर्यटकहरुले काठमाडौलाई हेरेर नेपालको मुल्यांकन गर्छन,हामीलाई जोख्छन अनि हाम्रो सभ्यता जोख्छन । सांस्कृतिक सम्पदादेखि लिएर हाम्रा सडक र सार्वजनिक स्थलहरु उत्तिकै सफा राख्नु हाम्रो साझा दायित्वभित्र आउँछ ।

‘भत्केको घरको मलाई के को डर भन्ने मानसिकता व्याप्त भयो,हामी आफू पनि फेरिनुपर्छ भनेर सकारात्मक सन्देश जाओस भन्दै हामीले यो अभियान सुरु गरेका हौ।हामी सबैमा सकारात्मक सोचको विकास हुनु जरुरी छ ।’ नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले उपस्थित सबैलाई सकारात्मक हुन आग्रह गर्दै भने ।

सरसफाइ कार्यक्रममा सहभागी पर्यटन पत्रकारहरुले शान्तिबाटिका परिसर सरसफाइ मात्र गरेनन बाटो हिड्ने पैदलयात्री, सवारीचालक, यात्रु,व्यापारीहरुलाई फोहोर नगर्न र डस्ट्विनको प्रयोग गर्न आग्रह समेत गरे । उनीहरुको कार्यलाई कतिले सर्हानिय भन्दै संगसंगै सहभागी भएर समर्थन पनि गरे । तपाईहरुले आज सफा गर्नुभो, भोलि उस्तै बनाईहाल्छन के गर्नु !’ रत्नपार्कमै बदाम बेचेर गुजारा गर्दै आएका एक व्यापारीले हातमा कागजको टुक्रो उठाएर डस्टविनमा फ्याल्दै भने।सबै सभ्य भए राजधानी यति धेरै फोहोर नहुने उनको ठम्याई छ । बदाम किन्न आउनेलाई आफुले बोक्रा प्लास्टिकमै हालेर डस्ट्विनमा खन्याउन आग्रह गर्ने गरेको उनले सुनाए ।

सरसफाइ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने र सरसफाई सम्बन्धी अन्य जनचेतनामुलक कार्यक्रम पनि थप्दै लगेर काठमाडौंको सौन्दर्य फर्काउन कलम र श्रममार्फत रचनात्मक योगदान दिने संयोजक पौडेलले बताए । नेफ्टोजमा १ हजारभन्दा बढी क्रियाशिल पत्रकारहरु आवद्ध छन ।