गलैँचा बुनेर आम्दानी

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५
  • Tourism Sanchar

तेह्रथुम,पौष१२। तेह्रथुम र संखुवासभाको सीमावर्ती गुफा र सुकेबजारका महिलाहरुले गलैँचा बुनेर मनग्य आम्दानी गरिरहेका छन् ।

पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको लेकाली यी बजारमा बाह्रै महिना चिसो हावापानी हुन्छ । अन्य बालीनालीको खेती यस क्षेत्रमा नहुनाले महिलाले घरको काम सकेर फुर्सदको समयमा गलैँचा बुन्ने गरेका छन् । बाक्लो धागोबाट बुनिएका गलैँचा नेपालकै विभिन्न ठाउँबाट आएका आन्तरिक तथा विदेशी पर्यटकहरुले खरिद गरेर लैजाने गरेको सुकेबजारकी लाक्पा शेर्पाले बताइन ।

करिब ३ हजार मिटर उचाईमा रहेका यी बजारका अधिकांश महिलाले गलैँचा बुनेरै मासिक खर्च कटाएर १५ हजार रुपैयाँ नगद आम्दानी गरिरहेका छन् । एउटा गलैँचाको मुल्य ७ हजारदेखि २५ हजारसम्म पर्ने गर्छ । एउटा गलैँचा बुन्न एक सातासम्म लाग्ने गरेको स्थानीय महिलाहरु बताउँछन् ।