सौराहामा हात्ती महोत्वस आज देखि

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५
  • Tourism Sanchar

सौराहा,पुस ११। करिव ३५ प्रतिशत बनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ। नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन्। यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पुगेकै हुन्छन्।नेपालमा घुम्नका लागि धेरै रमणीय स्थानहरू छन्। साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध छ।

क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा आयोजना हुने चितवन हात्ती महोत्सव सौराहाका व्यवसायीले सौराहाको ब्रान्डींगको अवसरका रुपमा लिने गरेका छन्। यो समय विदेशी पर्यटकको संख्या कम हुने भएकाले आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव सुरुवात गरिएको हो। यो खेल सुरु हुँदा सौराहा क्षेत्र लगायत चितवनमै नेपाली पर्यटकको निकै कमी हुने गर्दथ्यो। हात्ती दौड हुन थालेको दस वर्षको अन्तरालमा हात्तीसँग सम्बन्धित थुप्रै खेलहरु थपिदै आएका छन्।

आज देखि सौराहाको बाघमारा चौरमा हुने यसपालीको हात्ती महोत्वस ५ दिनसम्म चल्नेछ।क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुने महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम हुनेछ।