बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्ट पुष २६ देखि

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५
  • Tourism Sanchar

काठमाडौं, पौष १०। भिजिट नेपाल २०२० सफल बनाउन बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्ट २०१९ आयोजना गरिने भएको छ । बौद्ध धर्मसँग सम्बन्धित पर्यटकिय तथा धार्मिक स्थलको पहिचान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले ट्राभल मार्ट सञ्चालन गर्न लागेको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोेटाले भिजिट नेपाल २०२० सफल बनाउन सबै क्षेत्रको भूमीका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई यो अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बुद्धिष्ट सर्किटलाई कार्यक्रमले गेटवे को रुपमा विकास गर्न सहयोग गर्ने बताउनुभयो । यस्ता कार्यक्रमले पर्यटन विकासमा महत्वपुर्ण भूमिका खेल्ने भन्दै सकारात्मक र प्रभावकारी बताउनुपर्ने उहाँले बताउनुभयो । बुद्धिष्ट ईन्टरनेशनल ट्राभल मार्ट पौष २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा हुन लागेको हो ।