छाँया सेन्टरको उद्घाटन

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५
  • Tourism Sanchar

काठमाडौं, पौष १०। काठमाडौं स्थित ठमेलमा रहेको आधुनिक सपिङ कम्पलेक्स छाँया सेन्टरको औपचारीक शुभारम्भ गरिएको छ । सेन्टरको मंगलबार एमाले नेता योगेश भट्टराईले उद्घाटन गर्नुभयो । छाँया सेन्टरको कुल लागत ५ अर्ब बढि रहेको जनाईएको छ ।
सञ्चालक पुथ्वी बहादुर पाण्डेले पर्यटनको सम्भावना रहेको नेपालमा कम्पेक्सले ठुलो योगदान पुर्याउने बताउनुभयो । ठमेल भित्रको ठमेल भनिएको छाँया सेन्टर देशकै सुविधा सम्पन्न सपिङ कम्पेक्स भएको सञ्चालकको दाबी छ ।