सन् २०२० देखि २०३० सम्मलाई टुरिजम दशकको रुपमा मनाउने – पर्यटन मन्त्री अधिकारी

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५
  • Tourism Sanchar

काठमाडौँ,पौष १० । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर काम गरीरहँदा पुर्वाधार निर्माण सबै भन्दा ठूलो चुनौती रहेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले बताएका छन् । सरकारले पूर्वाधार बिकासमा सबैभन्दा पहिले प्राथमिकता त्रिभुवन बिमानस्थलको क्षमतालाई दोब्बर बनाउन कामलाई अगाडी बढाइएको बताएका छन ।
उनले नेपाल पर्यटन पत्रकार महासंघको टिमसंग कुरा गदै चाडै नै २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी आफ्नो ऐतिहासिक ठाउँ संस्कृति झल्किने परम्परालाई, प्रकृतिहरुलाई आधुनिक तरिकाले त्रिभुवन बिमानस्थलको निमार्ण भैरहेको र गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई पनि आउदो सेप्टेम्बर देखि सञ्चालनमा ल्याउने गरि द्रुतगतिमा काम भैइरहेको मन्त्री अधिकारीले बताए ।

त्यस्तै पोखरा बिमानस्थललाई पनि चाडै नै प्रयोगमा ल्याउने तयारीका साथ काम भैइरहेको पनि मन्त्री अधिकारीले जानकारी दिए । अबको ६० बर्षपछि फेरीपनि अर्को अन्तराष्ट्रिय बिमानस्थल निमार्ण गर्ने पनि उनले बताएका छन् । २०२० देखि २०३० सम्मलाई टुरिजम दशकको रुपमा मनाउने र २०३० सम्म पुग्दा रोजगारी आय, निर्यातको हिसाबले पर्यटनलाई पहिलो नम्बरमा पु¥याउने लक्ष्य रहेको पनि मन्त्री अधिकारीले जानकारी दिए ।

अहिलले युग डिजिटलको युग भएकाले पर्यटन पर्वद्दनको लागी डिजिटलको प्रयोग गरेर यसलाई रुपान्तर गर्न सजिलो भएकाले नेपालको पर्यटकिय स्थलहरुलाई गर्नको लागी पनि बिभिन्न तरिकाले डिजिटल प्रबिधिको प्रयोग गरेर प्रचार प्रसार गर्नपनि मिडियाहरुलाई आग्रह गरेका थिए । उनले अरु क्षेत्रमा भन्दा अझ बढि पर्यटनको क्षेत्रमा डिजिटलको धेरै रहेको मन्त्री अधिकारीले प्रष्ट पारे ।