सम्पदा जोगाउन पर्यटन पत्रकार महासघंसग सहकार्य गर्ने : नगर प्रमुख महर्जन

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५
  • Tourism Sanchar

ललितपुर,पौष ९। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नगरका मूर्त अमूर्त सम्पदाको संरक्षण , समबर्धन र प्रवर्दधन गनको लागि नेपाल पर्यटन पत्रकार महासघंसग सहकार्य गर्ने बताउनुभएको छ । सोमबार पर्यटन पत्रकार महासघंसग साक्षातकार कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले सो कुरा बताउनुभयो ।

भूकम्पले गर्दा ढलेका सम्पदाको पुनःनिर्माण गर्न सार्वजनिक खरिद ऐन बाधक भएका कारण पुनः निर्माणको कार्य अपेक्षाकृत हुन नसकेको उहाँले बताउनुभयो । सम्पदा जस्तो संवेदनशील क्षेत्रमा पुन निर्माण अमानतको आधारमा गर्नुपर्ने उहाँको भनाइ थियो । पुनः निर्माण कार्यका लागि धेरै स्थानीय श्रोत र साधनको प्रयोग गर्न सके मात्र निर्माण कार्यले दुर्त गति लिने नगर प्रमुख महर्जनले बताउनुभयो ।

उक्त भेटघाट कार्यक्रममा महासघंका अध्यक्ष धनिराम शर्मा ऋतु बिचारले ललितपुर जिल्लाले पर्यटनको ऐतिहासिक र धर्मिक महत्तव बोकेको हुनाले सम्पदाहरुको जगेर्ना र विकासको लागि महासघंले सामाजिक जागरणका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । साक्षतकार कार्यक्रममा उपत्यकाका तीन जिल्लाहरु ललितपुर , भक्तपुर र काठमाडौं शाखाका पत्रकार हरुको सहभागीता रहेको थियो ।