अबको अर्थतन्त्र पर्यटनबाट

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५
  • Tourism Sanchar

पर्यटन व्यवसाय विश्वमा नै सबैभन्दा ठूलो व्यवसाय हुनुका साथै राजस्वको सबैभन्दा ठूलो स्रोत हो । विश्वको सबैभन्दा धेरै पर्यटक भित्रयाउने देशहरुमा फ्रान्स पहिलो नम्बरमा पर्दछ । त्यस्तै स्पेन, अमेरिका र चिन क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन ।

फ्रान्सले सन २०१७ मा ८ करोड ६९ लाख अन्तराष्ट्रिय पर्यटक भित्रयाएको थियो । स्पेनले ८ करोड १८ लाख र अमेरिकाले ७ करोड ६९ लाख अनि चिनले ६ करोड ७ लाख मानिसलाई बाह्य देशबाट आफ्नो देशमा भित्रयाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्ने सन्दर्भमा ’नेपालले पर्यटन विकास गर्ने हो भने यसले विश्वका मानिसलाई पागल बनाउने क्षमता भनेका थिए ।

नेपालको अर्थतन्त्र पर्यटनबाट किन पनि सम्भव छ भने नेपालको उत्कृष्ट गन्तव्य काठमाडौँ, मनाङ, मुस्ताङ , पोखरा,रारा ,पाल्पा, चितवन , तिलिचो , से फक्सुन्डो , लाम्टाङ, गौरीशंकर, मिथिला, छिन्नमस्ता, गढिमाई, खप्तड, मनास्लु, लुम्बिनी, रेसुंगा, तिलौराकोट, बराहपोखरी, सगरमाथाले पर्यटकलाई लोभ्याउछ ।

हिमाल र पर्वतले भरिभराउ भएको हिसाबले पनि नेपालले देशी तथा विदेशी पर्यटकका लागि बन्जी जम्प, माउन्टेन बाइकिङ, जिपलाइनिङ, माउन्टेन क्लाइम्बिङ, रक क्लाइम्बिङ , टे्रकिङ, बर्ड वाचिङ, र्यानफ्टिङ ,प्याराग्लाइडिङ तथा जंगल सफारीजस्ता साहसिक तथा मनोरञ्जनात्मक क्रियाकलापमा पनि भुलाउन सक्छ । जसले गर्दा नेपालको अर्थतन्त्र बलियो हुँदै जान्छ ।

ऐतिहासिक, पुरात्वतिक र धार्मिक स्थलको हिसाबले पनि काठमाडौँको पशुपतिनाथ, बुद्ध जन्मभूमि लुम्बिनी , गोरखाको मनकामना मन्दिर र पृश्वीनारायण शाहको पालाको गोरखा दरबार , कालिञ्चोक भगवति , चन्द्रागिरि , नारायणहिटि, प्युठानको स्वर्गद्वारी, रसुवाको गोसाइँकुण्डका, तनहुँको देवघाट, पाथिभरा मन्दिर, पाल्पाको महामृत्युञ्जय शिवासन, स्वयम्भु ठाउँहरु पर्यटकका लागि आकर्षक गन्तव्य हुन् ।

विश्व उच्च १० हिमशृंखलामध्ये ८ वटा हिमशृंखला नेपालमा हुनु नै गौरवको कुरा हो जसले विश्वभरका पर्वतारोहीलाई आकर्षित गर्छ ।

हिमाल र पर्वतले भरिभराउ भएको हिसाबले पनि नेपालले देशी तथा विदेशी पर्यटकका लागि बन्जी जम्प, माउन्टेन बाइकिङ, जिपलाइनिङ, माउन्टेन क्लाइम्बिङ, रक क्लाइम्बिङ , टे्रकिङ, बर्ड वाचिङ, र्यानफ्टिङ ,प्याराग्लाइडिङ तथा जंगल सफारीजस्ता साहसिक तथा मनोरञ्जनात्मक क्रियाकलापमा पनि भुलाउन सक्छ । जसले गर्दा नेपालको अर्थतन्त्र बलियो हुँदै जान्छ ।

पाराग्वेको अर्थतन्त्र सन् २०११ र २०१२ सम्म कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नकारात्मक थियो तर अहिले पर्यटनकै कारण सकरात्मक हुँदै गएको छ ।

नेपाल पर्यटन बोर्डको अनुसार सन् २०१८ को नोभेम्बरसम्ममा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएका छन ।

पर्यटकको यो आगमन संख्याले सरकारको सन २०२० को भ्रमण वर्षको लागि २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य कोशेढुंगा साबित भएको छ ।यो मात्रा गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो ।

तथ्याङ्क हेर्ने हो भने संसारका ७ अर्ब मानिस मध्ये करिब ३ अर्ब मानिस हाम्रो छिमेकी देश चिन र भारतमा छन ।
नेपालमा १ लाख ७८ हजार भारतीय पर्यटक र चिनबाट १ लाख ३४ हजार जना पर्यटकले नेपालको भ्रमण गरेका छन । यस्तै अमेरिकाबाट ८२ हजार, बेलायतबाट ५७ हजार, जर्मनीबाट ३४ हजार जना पर्यटक नेपाल आएका छन ।

हामीले हाम्रा छिमेकी मुलुकका धेरै भन्दा धेरै छिमेकीहरुलाई र अन्य देशका पर्यटकलाई मात्र नेपाल भित्रयाउन सक्यौ भने नेपालको विकास हुन अझै पनि धेरै समय लाग्दैन ।