खुल्यो राजधानिको मुटु ठमेलमा ‘छायाँदेवी कम्प्लेक्स’

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

काठमाडौं, पुष ८ । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा ‘छायाँदेवी कम्प्लेक्स’ तयार भएको छ । करिब ५ अर्ब रुपैयाँ खर्चिएर तयार भएको छायाँ सेन्टरको औपचारिक उद्घाटन आगामी मंगलबार विशेष समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्दैछन् ।

यसलाई ‘ठमेल भित्रको सानो ठमेल’का रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ ।ठमेलमा पर्यटकका लागि उपलब्ध हुने सबै किसिमका सेवा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ मान्न सकिने उनिहरुको भनाइ छ ।

यो ठमेलमा करिब १५ रोपनीमा बनेको व्यापारिक कम्प्लेक्सयो हो। स्टल बुक गरेका ब्राण्ड र पसलहरुमध्ये धेरैले ओपनिङ तीव्र बनाएका छन् । केहीले इन्टेरियरको काम गरिरहेका छन् भने धेरैले आफ्नो सेवा थालिसकेका छन् ।