हात्तीले गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५
  • Tourism Sanchar

बर्दिबास, पौष १२ । महोत्तरीको बर्दिबासमा जंगली हात्तीको आतंक बढ्दै गएको छ । बुधबार साँझ बर्दिवास माईस्थान जंगलबाट निस्किएको हात्तीले गाउँ पसेर बर्दिबास ४ भक्तीपुरमा रहेको कुलप्रसाद सुबेदीको आँगनमा बाँधेर राखेको भैंसी र पाडालाई उचालेर पछारेको थियो ।

हात्ती आक्रमणबाट गम्भीर घाइते भएको पाडोको घट्नास्थलमै मृत्यु भएको छ भने भैंसीको आँङ भाँचिएर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यलयले जनाएको छ ।हालसम्म बर्दिबासमा हात्ती आतंकले दर्जनौं घरमा क्षति पुर्याउनुका साथै किसानले लगाएको बालीनालीसमेत नष्ट गरेको छ ।