बार्ह तालमा पर्यटकको आकषर्ण बढ्दो

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

कञ्चनपुर,पुस ८। भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गत आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । जल पुनःभरण पछि सो क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

बाराकुण्डा क्षेत्रका १२ वटा तालसम्म पर्यटकलाई सहज रुपमा पुग्न र धार्मिक पर्यटन प्रवद्र्धनका लागि रौटेलादेखि ब्रह्मदेवसम्म जैविक धार्मिक पर्यटन मार्गसमेत निर्माण गरिएको छ। बाराकुण्ड क्षेत्र ऋषिमुनिको प्राचीन तपोभूमिका रुपमा रहेको बुढापाकाको भनाइ रहेको छ ।