लजालु स्वभावको लार्जुङ

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

टुरिजम सञ्चार,पौष ८। पश्चिमतिर विश्वको सातौं अग्लो धौलागिरि हिमाल, टुकुचे र पूर्वमा निलगिरी हिमाल र अन्नपूर्ण हिमालको काखमा बिशाल थासाङ उपत्यका छ। थासाङ गाउँपालिका वडा-२ मा ६ वटा गाउँ छन्-खन्ती, कोबाङ, लार्जुङ, नाकुङ, भुर्जुङकोट र नाबुर्कोट।

यस क्षेत्रलाई मुख्यगरी थकाली समुदायका चार चन- शेरचन, तुलाचन, भट्टचन र गौचनको थातथलो मानिन्छ।थकाली जातिको इतिहास, संस्कृति, जीवनशैलीको अवलोकन तथा अध्ययन गर्ने उत्कृष्ट थलो हो-लार्जुङ सेरोफेरो।

यीनै सुन्दर गाउँहरुको मध्य भागमा शान्त र लजालु स्वभावमा बसेको छ-लार्जुङ गाँउ।१९७५ देखि विदेशी पर्यटकहरूबाट अन्नपूर्ण सेरोफेरो र अपर मुस्ताङको भ्रमणले यहाँको आर्थिक गतिविधि भोटको नुन ब्यवसायबाट पर्यटनतिर रुपान्तरण भएको हो ।