साधुटारमा फोहोर ब्यवस्थापन गर्न आवस्यक

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

पाँचथर, पौष ८। विभिन्न ठाँउबाट घुम्न आउनेले फोहोर व्यवस्थापन नगर्दा विभिन्न पर्यटकिय गन्तव्यहरुमा समस्या देखा परेको छन् । यस्तै समस्या पाँचथरको साधुटार देखीएको छ । यहाँ आउनेहरुले प्रयोग गरेका समाग्रिहरु जथाभावि फाल्दा फोहोर बढ्दै गएपनि यसको व्यस्थापनमा ध्यान पुगेको देखिदैन ।

यहाँ शनिवार, नयाँ बर्ष लगायतका अवसरमा घुम्न आउनेको घुईचो हुने गर्द्छ। यहाँ घुम्न तथा बनभोजका लागि आउनेको संख्या बढी छ। तर यहाँको सौन्दर्यताको महत्व विस्तार खस्कने हो कि भन्ने खतरा उत्तिकै बढेर गएको छ । साधुटारमा जताततै फोहोर थुप्रिन थालेको छ ।

दिनानुदिन फोहारका कारण यो ठाँउ घिन लाग्दो हुन थालेको छ । रक्सीका बोतल र प्लाष्टिकका प्लेटहरुको थुप्रो देखिन्छ । यहाँ घुम्न आउने तथा रमाईलो गर्नेहरुले फोहोर ब्यवस्थापन नगर्दा समस्या बढ्दै गएको छ । मानविय गतिविधि बढेसँगै फाहोर बढेपनि यसको व्यवस्थापनमा ध्यान पुग्न सकेको छैन ।

दिनानुदिन फोहोर बढ्दा बातावरण दुर्घन्धित हुने खतरा समेत बढेको छ । समयमै व्यवस्थापन हुन नसक्ने हो भने यो क्षेत्रको महोत्व घट्न सक्ने जोखिम बडेको छ। हिमाल खुल्दा आर्कषक देखिने यो ठाँउमा बनभोजका लागि पाँचथर लगायत इलाम, झापा, ताप्लेजुङ, तेह्थुमबाट पनि आउने गर्छन ।