मनकामनामा भक्तजनको घुइँचो

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
  • Tourism Sanchar

गोर्खा, पौष ८। मनकामना मन्दिर भक्तजनका लागि खुल्ला गरिए सङै भिड्भाड बढेको छ। मन्दिर जीर्ण भएपछि जगैदेखि भत्काएर केहि अघि मात्रै पुननिर्माण सकिएको हो । मन्दिर भत्काइएपछि भक्तजनले मन्दिर परिसरमा स्थापना गरिएको मनकामनाको प्रतिमूर्तिमा पूजाआजा गर्दै आएका थिए ।

पुरानो हुँदै गएपछि मन्दिर पूर्व पश्चिम १६ सेन्टिमिटर र उत्तर दक्षिण पनि ५ सेन्टिमिटर भासिएको थियो । भूकम्पपछि थप जोखिममा परेको मन्दिरको पुनर्निर्माण पुरानै स्वरुपमा गरिएको छ ।

मनकामना मन्दिर २ सय वर्षभन्दा पुरानो मानिन्छ । मन्दिर परिसरमा पृथ्वीनारायण शाहले वि सं १८२५ सालमा स्थापना गर्न लगाएको घण्टा अझै सुरक्षित छ ।