किराँतहरुको महान पर्व चासोक तङनाम मनाइदै

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५
  • Tourism Sanchar

टुरिजम संचार,पौष ७। किरातहरुको महान पर्व चासोक तङनाम अर्थात न्वागी पुजा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ ।विशेषगरी पुर्वका बि–भिन्न भेगमा वसोवास गर्ने लिम्वू,राई,सुनुवार र याक्खा जातीले नया अन्न आफ्ना दिवंगत पुर्खा र आ आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पुजा गर्ने चलन छ ।

न्वागी पुजा गर्न आज विहानैदेखि पाँचथर सदरमुकाम फिदिम स्थित सुम्हालुङ मन्दिर,सिलौती,लव्रेकुटी लगायतका किराँत मन्दिर हरुमा किराँत धर्मावलम्बीहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष मंसीर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पुर्णिमा,किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मान्दै आएका छन । विशेषत यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ,पाँचथर,इलाम , धनकुटा, तेह्रथुम ,संखुवसभा,झापा,मोरङ र सुनसरीमा भव्यताका साथ मनाउने गरिएको छ ।