सौराहाको बाघमारामा पुष ११ देखि हात्ती महोत्सव हुने

  • प्रकाशित मिति : बिहिबार, पुस ५, २०७५
  • Tourism Sanchar

चितवन,पौष ५। सौराहाको बाघमारा चौरमा पुष ११ देखि हुने हात्ती महोत्सव ५ दिनसम्म चल्नेछ। महोत्सवका क्रममा साहित्य र पर्यटन बिसयमा विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन जगतमा छुट्टै स्थान बनाउन सफल यस महोत्सवले समग्र चितवनको पहिचान कायम गरेको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्दन गर्ने उदेश्यको साथमा महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम हुनेछ।

भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकका कारण सुस्ताएको यहाँको पर्यटन व्यवसाय यस वर्ष उत्साहजनक देखिएको छ ।