नेपालको पर्यटन प्रचारमा बिदेशी मिडिया

  • प्रकाशित मिति : बिहिबार, पुस ५, २०७५
  • Tourism Sanchar

काठमाडौं,पुष ५। नेपाल पर्यटन बोर्डले यो आर्थिक बर्षमा बजेट मार्फत नै पर्यटकीय गन्तव्यको डिजिटल प्रचार गर्ने जनाएको थियो । तर डिजिटलको नाममा बोर्डले अन्तराष्ट्रिय सञ्चार माध्यममा पैसा पठाउने काम गर्दै नेपालमै सञ्चालित डिजिटल सञ्चार माध्यमलाई बेवास्ता गरी करोडौँ रुपैयाँ अन्तराष्ट्रिय मिडियाको लागी छुट्याएको छ ।

यस आर्थिक वर्षमा पर्यटन बोर्डले १७ करोड रुपैयाँभन्दा बढी बजेट विदेशी सञ्चारमाध्यमलाई छुट्याएको छ। जसमा बिबिसी वर्ल्ड, सिएनएन, रोयटर्स र सिसिटिभी आदि छन । ट्रिप एडभाइजर र लोन्ली प्लानेटलाई समेत बोर्डले पैसा छुट्याएको छ ।