इलाममा मेची पर्यटन महोत्सव हुँदै

  • प्रकाशित मिति : बिहिबार, पुस ५, २०७५
  • Tourism Sanchar

इलाम,पौष ०५ । १ नम्बर प्रदेशको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबार बाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजना मध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ ।

इलाम सदरमुकामको टुँडिखेलमा पुष ५ देखि १६ गतेसम्म हुन लागेको महोत्सवमा जिल्लामा उत्पादित सामग्रीको विभिन्न स्टलहरुका साथै विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिनेछ । महोत्सवमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

महोत्सवमा करिब ५० लाख रुपैँया खर्च हुने जनाइएको छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन ।