‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम उपसमितीले पायो पुर्णता

  • प्रकाशित मिति : मङ्लबार, पुस ३, २०७५
  • Tourism Sanchar

काठमाडौँ, पुस ३ । ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रम कार्यान्वयन उपसमितिले पूर्णता पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत कात्तिक १६ गते मन्त्रिस्तरीय निर्णयबाट अभियानको कार्यक्रम कार्यान्वयनको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगपति सुरज वैद्यलाई नियुक्त गरेको थियो ।

पर्यटनमन्त्री अध्यक्ष रहने समितिका उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ । जम्मा १९ सदस्यीय समितिको सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयको पर्यटन महाशखाका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन् ।

यस्तै अन्य सदस्यमा अनिल चित्रकार, सिर्जना राणा, अवधेश त्रिपाठी, विप्लव पौडेल, रञ्जीत आचार्य, नवराज दाहाल, चारु चङ्गा, डा वासुदेव कोइराला, दाबा स्टेफेन शेर्पा, प्रसान्त सिंह, विजयबहादुर श्रेष्ठ, कृष्णहरि खत्री र सदस्य सचिवमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा रहेका छन ।
सरकारले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।