इन्द्र सरोबरमा पर्यटक बढे

  • प्रकाशित मिति : सोमवार, पुस २, २०७५
  • Tourism Sanchar

मकवानपुर ,पौष २ । देशकै एकमात्र मानव निर्मित ताल ‘इन्द्र सरोवर’ अर्थात् कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन् ।

मकवानपुरकाे मार्खुमा निर्माण भएकाे जलाशय सम्म काठमाडौंबाट मोटरसाइकल, गाडीमा करिब दुई घन्टामा पुग्न सकिन्छ ।छोटो दूरी हुनाले सहर तथा ग्रामीण क्षेत्रका व्यक्ति सरोवर घुम्न आउन लालयित देखिन्छन् । यहाँ पछिल्लो समय डुंगा सवार गर्दै पिकनिकमा रमाउनेको संख्या बढ्दै गएको छ ।

तत्कालीन राजा वीरन्द्र शाहको पालामा विद्युत् उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो।जलाशय वा ताल छेउमा हाेटल तथा रेष्टुरेन्टकाे संख्या बढ्दै छ तर, व्यवस्थित हुन सकेकाे छैन।