गोफाखोला थुनेर ताल

  • प्रकाशित मिति : सोमवार, पुस २, २०७५
  • Tourism Sanchar

दमौली,पौष २। तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रबर्द्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ। गाउँपालिका-३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो ।

घिरिङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको हो ।घिरिङ पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको छ, ताल बनाएर प्रवद्र्धन गर्न सकिन्छ।

कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) समेत तयार भइसकेको छ।५० रोपनी क्षेत्रफलमा फैलिने तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ।