पर्यटक लोभ्याउने तिम्बुपोखरी

  • प्रकाशित मिति : सोमवार, पुस २, २०७५
  • Tourism Sanchar

दिपेश बराल, पाँचथर। पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरण तथा प्राकृतिकरुपमा जति सुन्दर छ प्रचारप्रसार गर्न सके यो आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने जिल्ला कै प्रमुख गन्तव्य बन्न सक्छ।

चार हजार ४४८ मिटर उचाइमा रहेको यो हिमाली क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माइकोपिलाजस्ता फूल तथा बहुमूल्य जडीबुटी अवलोक गर्न पाइन्छ ।

उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै र पाँचथरको चिवाभञ्याङदेखि, इलामको सन्दकपुर हुँदै यहाँ पुगिन्छ।