अचम्म पार्ने तनहुँको ढोरबाराही मन्दिर

  • प्रकाशित मिति : आइतवार, पुस १, २०७५
  • Tourism Sanchar

पौष १,तनहुँ। तनहुँ जिल्लाको दुलेगौंडादेखि करिब पाँच किलोमिटर दक्षिणपश्चिमको गाउँमा ढोरबाराहीको प्रसिद्ध मन्दिर छ । पुराणमा समेत चर्चा गरिएको ढोर वाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति छ ।

ढोर वाराहीको स्थापना मध्यकालतिरै भएको मान्न सकिन्छ । यहाँ पशुबलि दिने भक्तजनको भीड लाग्दछ । यहाँ परेवा उडाउने तथा पाठापाठी र राँगाको बलि दिने चलन छ ।

मनोकांक्षा पूरा गराउने र मानवका आपतबिपत दूर गर्ने देवीका रूपमा ढोर वाराही लिने गरिन्छ । ढोर वाराही मन्दिरमा रहेको कुण्डमा पहाडको खोंचबाट बेलाबेलामा आफैं पानी आउने र हराउने गर्दछ।

कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परस्परागतरुपमा रहँदै आएको छ , “बलि चढाउँदा निस्केको रगत र मासुका स–साना टुक्रा र प्राकृतिक आहारबाट त्यहाँ रहेका माछा जीवित रहन्छन्”, कुण्डका माछाले अन्न भने खाँदैनन् ।

पृथ्वी राजमार्ग खण्डको तनहुँस्थित गाछेपानीबाट सेतीनदी पार गर्दै लगभग पाँच किमी दूरीमा रहेको ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो पक्की गर्ने कार्य भइरहेको छ ।