११ महिनामै १० लाख पर्यटक भित्रिए

  • प्रकाशित मिति : आइतवार, पुस १, २०७५
  • Tourism Sanchar

काठमाण्डौ,पौष १। चालु बर्षको जनवरी महिनादेखि नोभेम्बर महिनासम्म मात्र १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। हवाईजहाजबाट नेपाल आएका पर्यटकहरुको यो संख्या अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो।

हवाईमार्ग हुँदै नेपाल आउने पर्यटकहरुमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट रहेका छन। भारतबाट ११ महिनामा २ लाख ६० हजार १२४ जना पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन।

त्यस्तै भारतियपछी सबैभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएका छन।सो समयावधिमा हवाई यात्रामार्फत नेपाल आउने चिनियाँहरूको संख्या १ लाख ३४ हजार ३ सय ६२ रहेको छ।

नेपालमा सबैभन्दा बढी पर्यटक आउने देशहरुमा अमेरिका तेस्रो रहेको छ। जहाँबाट यो ११ महिनामा ८२ हजार ५५५ अएका छन् भने संयुक्त अधिराज्यबाट ५७ हजार अएका छन् भने जर्मनीबाट ३४ हजारले नेपाल भ्रमण गरेका छन्।

चालु बर्षमै १२ लाख पर्यटन भित्र्याउने लक्ष्य पुरा हुने सम्भावना कम्ती रहेपनी १० लाख पर्यटक भित्रिनु आँफैमा उत्साहजनक संकेत भएको बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले बताए।