सोलुको तुईन्टार पर्यटकिय स्थल बन्न सक्छ

  • प्रकाशित मिति : शनिबार, मंसिर २९, २०७५
  • Tourism Sanchar

मङ्सिर २९, सोलुखुम्बु, बाबुराम भट्टराई
सोलुखुम्बु जिल्ला को सबै भन्दा होचो ठाउँ तुईन्टार कोशी दोभान(समुन्द्र सतहबाट -६०० मिटर उचाईमा) रहेको छ। मौसमको हिसाबमा तराईको झझल्को दिने यो ठाउँ सोलुखुम्बु जिल्लाको नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिका र,खोटाङ जिल्लाको ऐशेलुखर्क गाउँपालिकाको सिमाना छुट्टाएको सोलुखोला र दुधकोशी नदीको संगमस्थल नजिकै पर्दछ।
यहाँ तराईको गर्मी मौसममा फल्ने मेवा,नरिवल,बदाम ,सुपारी मरिच, अादि फल्दछन। साथै पहाडि हावापानीमा फल्ने केरा,अाँप अादि पनि फल्दछन। यस ठाउँ नजिकै सोलु-दुधकोशी ८६ मेवा हाईड्रोपावरको पावरहाउस तथा दुधकोशी हाईड्रो ७०० मेवाको ड्याम्प साईट पनि निर्माण हुने क्रममा रहेको छ। हाईड्रो हवको चिनिने क्रममा रहेको यस ठाउँमा र्याफ्टिङ,बोटिङ,फिसिङ लगायत पर्यटकहरुलाई अाकर्षण गर्न होमस्टे व्यवसाय संचालन, व्यवस्थापन गर्ने हो भने तुईन्टारलाई साँच्चिकै नेचासल्यान गाउँपालिका को एक उत्कृष्ठ पर्यटकिय स्थलको रुपमा विकास गरेर अान्तरिक र बाहय पर्यटकहरुलाई अाकर्षित गर्न सकिन्छ ।