आन्तरिक पर्यटनमा जोड दिन जरुरी

दिपेश बराल । पर्यटन नेपालमा सबैभन्दा ठूलो उद्योग हुनुका साथै राजस्वको सबैभन्दा ठूलो स्रोत हो। संसारकै दसवटा उच्च पहाडहरूमध्ये आठवटा हिमालहरु भएको देश पर्बतारोहण सङ जोडिएका साहसिक कार्यहरुको खोजी गर्ने ठाउँ हो।

नेपाल आफैमा हिन्दू र बौद्ध धर्म सङ परिचीत हुनु र यहाको शांत मौसम पनि बलियो आकर्षणको केन्द्र हो। घरेलु वा आन्तरिक पर्यटनले देशमा विभिन्न परिवर्तन ल्याउन सक्छ। उदाहरणका लागि हेर्ने हो भने भारत अनि चीनको आन्तरिक पर्यटनलाई लिन सकिन्छ। यसकारण, हामीले नेपालमा स्थायी पर्यटन विकासको लागि आन्तरिक पर्यटनमा जोड दिनुपर्छ।

नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा आफै धनि छ, यहा ७०% बढी मानिस ग्रामीण इलाका मा बस्ने गर्दछन। धेरै गाँउहरूमा विभिन्न पर्यटनका स्रोतहरू छन्, जातीयताको अनौठो स्वभाव, विभिन्न पर्बहरु, परम्पराहरू, अनि फरक फरक रूची त्यहाको विशेषता हो। जब सम्म हामी आन्तरिक पर्यटक र विदेशी पर्यटकहरू लाई सशक्त बनाउन सक्षम छैनौं, हामी हाम्रो समाज अनि समग्र सामाजिक-आर्थिक र सांस्कृतिक परिवर्तनहरू परिवर्तन गर्न सक्दैनौं।

पछिल्लो केहि सालमा साबित भएको छ कि हामीले स्थानीय उत्पादन र कौशलको प्रयोग गरेर ग्रामीण जनताको जीवन स्तर लाई बढावा दिन सक्दछौ। विगतमा तीर्थ बर्त,आर्थिक र सामाजिक सम्बन्धको लागि मानिसहरू एक स्थानबाट अर्को स्थान को यात्रा गर्ने गर्दथे। यद्यपि, आधुनिक युगमा नेपालका शहरी समुदायको मध्यम बर्गाका ब्यक्तिहरु विभिन्न गाँउहरू जान उत्साहित छन् जहा अनौठो संस्कृति र सुन्दर प्रकृति छ।

आन्तरिक पर्यटकहरूको विकासको लागि निसन्देह आफ्नै गृहभूमि निश्चित रूपमा नेपालका लागि सबै भन्दा सजिलो र किफायती पर्यटकिय स्थल हो। सबै भन्दा सरल भाषा नेपाली भाषा यहाँ व्यापक रूपमा बोलिने गरिन्छ तर संस्कृति भने समाजमा फरक फरक छ। नेपालका हरेक गाउँहरू बहुमूल्य पर्यटकिय स्थलहरू हुन सक्छन् र विशाल आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने केन्द्र बन्न सक्दछन।

आन्तरिक पर्यटनको बढावा गरेर ग्रामीण भेगका मानिसहरूले स्थानीय स्रोतहरू, उत्पादनहरू, मानव संसाधनहरू, विचारहरू साझा गर्न र अरूसँग उदाहरणहरू र संस्कृतिहरू साटासाट गर्न सक्छन्। यस्ता गतिविधिहरूले तिनीहरूलाई रोजगारीको अवसरहरू सिर्जना गर्न र उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउन मद्दत गर्दछ।