हवाईमार्गबाट नेपाल आउने पर्यटकको सङख्यामा बृद्धि

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५
  • Tourism Sanchar

काठमाण्डौ,मंसिर २८ । यसपालीको सिजनमा नेपाल भित्रिने पर्यटकको सङख्यामा बृद्धि भएको छ । सन् २०१८ को ११ महिनासम्ममा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले जनाए अनुसार सन् २०१८ को नोभेम्बर सम्ममा हवाईमार्ग भएर १० लाख पर्यटक भित्रिएको जनाएको हो ।

नोभेम्वरसम्ममा १० लाख १ हजार ९ सय ३० विदेशी नेपाल आएको बोर्डले जनाएको छ । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो ।

यसअवधिमा सबैभन्दा धेरै १ लाख ७८ हजार भारतीय पर्यटक नेपालमा आएका छन् । भारतपछि दोस्रो स्थानमा चिनियाँ पर्यटकको संख्या बढी छ । चीनबाट १ लाख ३४ हजार जना पर्यटकले नेपालको भ्रमण गरेको जनाएको छ । यस्तै अमेरिकाबाट ८२ हजार, बेलायतबाट ५७ हजार, जर्मनीबाट ३४ हजार जना पर्यटक नेपाल आएको जनाइएको छ ।

बोर्डले स्थलमार्ग भएर आएका पर्यटकको संख्या यसमा समावेश नगरिएको जनाएको छ ।