अदभुत दृश्य देख्न पाईने महादेव गुफा प्रचारप्रसार अभावमा ओझेलमा

  • प्रकाशित मिति : बुधबार, मंसिर २६, २०७५
  • Tourism Sanchar

दिपेश वराल / पाँचथर,मंसिर २६ । पाँचथरको फिदिम नगरपालिका १४ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल महादेव गुफा प्रचारप्रचारको अभावमा ओझेलमा परेको छ । स्थानिय निकाय र सर्वसाधारणले प्रचार प्रचार र मर्मत संभारमा खासै चासो नदेखाउँदा उक्त गुफा अहिले ओझेलमा परेको हो ।

सदरमुकाम नजिकै रहेको महादेव गुफा अन्यत्र रहेको अन्य गुफा भन्दा भिन्न रहेको स्थानियहरुले बताउने गरेका छन । गुफाको दर्र्शन गर्दा पाप मुक्त हुने धार्मिक विश्वास रहदै आएको छ ।

 

धार्मीक मान्यता संगसगै यसको मर्मत संभार, ब्यवस्थापन र प्रचार प्रचारमा स्थानिय निकाय र सर्वसाधारणले ध्यान दिन सके बाह्य तथा आन्तिरिक पर्यटकहरु भित्राउन सकिने स्थानियहरुले बताउने गरेका छन ।