हिमाली रङ्गहरूको प्रतिबिम्बमा मिनि मुस्ताङ : साघुटार, हेनुहोस तस्विरहरु

  • प्रकाशित मिति : सोमवार, मंसिर २४, २०७५
  • Tourism Sanchar

दिपेश वराल / पाँचथर, मंसिर २३ । विशेष गरी युवापुस्ता आजभोलि देशभित्रै विभिन्न स्थानहरूमा यात्रा गर्ने, छुट्टि मनाउने तरिकामा पनि परिवर्तन आएको छ । यसैको एउटा उदाहरण हो पाँचथरको रानिटारमा रहेको साधुटारमा युवा पुस्ताको आकर्षण । यहाँ घरेलू पर्यटकहरूको अलावा इलाम, ताप्लेजुङ लगायतका अन्य क्षेत्रबाट पनि युवापुस्ता रम्न आउने गरेका छन ।

दुर्लभ पर्वतहरू वरपर नीलो तालमा देखिने कञ्चनजङ्घा र कुम्भकर्ण सहित अन्य हिमालि रङ्गहरूको प्रतिबिम्बमा बिदा मनाउनको लागि यो आकर्षक हट्स्पट भएको छ । तालको किनार देखिने गरि अलि माथी बाट खिचेको दृश्यहरु को तस्बिरले मनमा छुट्टै आनन्द आउँछ। अन्य दिनको तुलनामा अधिक व्यक्तिहरु शनिवार यस क्षेत्रमा भेटिन्छन ।

मेची राजमार्गको पौवा भञ्ज्याङ् नजिकै र सुधारिएको सडक अवस्थाले यसको बडदो लोकप्रियतालाई झनै बढी योगदान दिएको छ । यो क्षेत्र सोशल मिडिया प्लेटफर्ममा अपलोड गरेको तस्वीरहरुको माध्यमले दर्शकहरु माझ प्रचारित भइरहेको छ, प्रबर्द्धन गर्न सकेमा यो जिल्लाकै पर्यटन हब बन्न सक्छ ।