म्याग्दीको खोप्रा लेकमा पर्यटकको आगमन बढ्दो, हेर्नुहोस मनै लोभ्याउने तस्विरहरु

  • प्रकाशित मिति : सोमवार, मंसिर २४, २०७५
  • Tourism Sanchar

म्याग्दी, मंसिर २४/ टुरिजम संचार संवाददाता ।  समुद्री सतहदेखि ३ हजार ६ सय ६० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रा लेकमा पर्यटकको चहलपहल बढ्न सुरु भएको छ । बिगत केहि महिनादेखि खोप्रा लेकमा पुग्ने पर्यटकको संख्यामा बृद्धि भएको हो ।

‘पहाडको परी’को रुपमा परिचित जिल्ला सदरमुकामदेखि ३ घण्टा सवारी साधनमा र ५ घण्टा पैदलमार्ग मा पर्ने खोप्रा लेकमा पछिल्लो समय पर्यटकको निकै चहलपहल बढेको हो । खोप्रा लेकबाट मनास्लु, माछापुच्छे, साउद अन्नपूर्ण, निलगिरी, धौलागिरी,गुर्जा, बहरी शिखर, दुन्चेपिङ जस्ता दर्जनौँ हिमश्रृङखलाको अवलोकन गर्न सकिनेछ ।

हिमश्रृङखला मात्र नभई खोप्रा लेक प्राकृतिक, जैविक र भौगोलिक रुपमा पनि मनमोहक मानिन्छ । हिमालको फेदीमा पालिने चौरी,मृग, घोरल, डाँफेलगायत जंगली जनावर र पंक्षीहरुका दृश्यले समेत खोप्रा लेकल पर्यटकको मन जितेको हो ।