सेल्फी खिच्ने क्रममा डुंगाबाट खसेर एक युवा बेपत्ता

  • प्रकाशित मिति : सोमवार, मंसिर २४, २०७५
  • Tourism Sanchar

पोखरा, मङ्सिर २४। फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन् । सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ सेल्फी खिच्ने क्रममा डुंगाबाट डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारे र मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदि रोशनीलाई उदृत गर्दे कास्की प्रहरी प्रमुख ओम रानाले बताए ।

काठमाडौंबाट दिदी सँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दिदीभाइ फरक फरक डुंगामा गएका थिए। श्रेष्ठको खोजीका लागि आर्मी, प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धार टोली परिचालन भएका छन्।