पृथ्वी राजमार्ग देखि वन्दिपुरसम्म केवलकार निर्माणको तयारी अन्तिम चरणमा

  • प्रकाशित मिति : आइतवार, मंसिर २३, २०७५
  • Tourism Sanchar

तनहूँ,मंसिर २३ । टुरिजम संचार संवाददाता । तनहुँको सुन्दरनगरी वन्दिपुरमा केवलकार निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । पहाडकी रानीले परिचित बन्दिपुरमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले तनहुँको पृथ्वी राजमार्गको ठुलढुङ्गादेखी बन्दीपुरसम्म सिधा रोपवे केवलकार परियोजना निर्माण सुरु गर्न लागिएको हो ।

कुल ५६ करोडको लागतमा केवुलकार निर्माण गर्न लागिएको आर के डी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडले जानकारी दिएको छ । डेड किलोमिटर दुरीमा रहेको उक्त केवुलकार निर्माणको काम एक वर्षभित्र सम्पन्न हुने विश्वास गरिएको छ । बन्दिपुरमा केवलकार सञ्चालन भएपछि त्यहाँका स्थानियको आर्य आर्जनमा बृद्धि, रोजगारको वातावरण सिर्जना हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । केवलकारले गर्दा नै बन्दिपुरको पर्यटनमा व्यापक वुद्धि हुने बन्दिपुर केवलकार प्रालिले जनाएको छ ।