९ बुदेँ घोषणापत्र जारी गर्दै नेफ्टोजको केन्द्रिय बैठक सिद्धबावामा सम्पन्न

  • प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५
  • Tourism Sanchar

पाल्पा,मंसिर १२ । नेपाल पर्यटन पत्रकार महासंघको केन्द्रिय समितिको बैठक पाल्पाको ऐतिहासिक स्थल सिद्धबावामा सम्पन्न भएको छ । बैठकले पहिलो सधारण सभाले गरेको नौ बुदे घोषणा पत्र सार्वजनिक गरेको छ ।

पर्यटन बिद्यामा पत्रकारिता सामाजिक उत्तरदायित्व सहितको व्यवसायिकतामा हाम्रो प्रतिवद्धता भन्ने मुल नारालाई आत्मसाथ गर्दै पेशागत हकहित तथा श्रमजिवी पत्रकारहरुको पक्षमा सँधैभरी प्रतिवद्ध रहने घोषणा गरेको छ । मुलुकभर रहेका ऐतिहासिक र पर्यटकीय १ हजार गन्तब्यका क्षेत्रहरुको खोजी गर्ने, प्रचार प्रसार गर्ने र प्रर्वद्धनका लागि सरकारसँग प्रतिबद्ध भएर अगाडी बढ्ने, नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र सरकारले खोजी गरेको १ सय नयाँ गन्तब्यहरुलाई पर्यटकहरुको सहज आगमनका लागि पहल गर्न सरकारलाई माग गरिएको छ । टुरिजम एण्ड डिजिटल टान्सफरमेसनलाई नेपालको पर्यटन प्रर्वद्धनमा अधिकतम प्रयोग गर्न नेपाल पर्यटन पत्रकार महासंघले घोषणा मार्फत प्रतिबद्धता जाहेर गरेको छ ।

अतिथी देव भव राष्टिय अभियानलाई नेपाल भ्रमण बर्ष २०२० को मुख्य प्रर्वद्धनात्मक आधार बनाउने महासंघले घोषणा मार्फत प्रतिवद्धता जनाएको छ । पर्यटन विश्व विद्यालयलाई अभिलम्ब कार्यान्वय गराउन महासंघको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्दै सरकारले यो कार्य तत्काल सुरु गर्न महासंघले आग्रह गरेको छ । ऐतिहासिक पुरातात्विक, धार्मिक महत्व जोडेको सिद्धवावा मन्दिर क्षेत्रलाई राष्टिय स्तरका पर्यटकहरुको मुल धारमा ल्याउन आग्रह गरेको छ ।

बैठकले नेपाल पर्यटन पत्रकार महासंघको सचिव बिष्णु शर्मालाई महासचिव जिम्मेवारी तोकेको छ । त्यसैगरी गण्डकी प्रदेशका उपाध्यक्ष जमुना शर्मालाई खुल्ला सचिवमा मनोनयन गरिएको अध्यक्ष धनिराम शर्माले बताए ।

नयाँ जिम्मेवारी पाएका केन्द्रिय सदस्यहरुमा मोहन पौडेल, टेकबहादुर थापा, प्रकाश धौलाकोटी, ओम किशोर चौधरी, मञ्जु कल्याल र सागर परियार रहेका छन् ।

बैठकले सांगठनीक व्यवस्थापनका लागि बिभिन्न बिभागहरुको गठन समेत गरेको महासचिव बिष्णु शर्माले जानकारी दिएका छन् ।