पोखरामा मनाईयो ३९ औ विश्व पर्यटन दिवस

  • प्रकाशित मिति : बिहिबार, अशोज ११, २०७५
  • Tourism Sanchar

पोखरा,असोज ११ । पोखरामा पनि ३९ औ विश्व पर्यटन दिवस भब्यताका साथ मनाइएको छ । पर्यटकीय शहर पोखरामा रहेका विभिन्न पर्यटन क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले छुट्टा छुट्टै तरिकाले विश्व पर्यटन दिवस मनाएका हुन । पोखरामा रहेको पश्चिमाञ्चल होटल संघले पोखरा हवाइमार्गबाट पोखरा आएका पर्यटकलाई पोखरा विमानस्थलमा स्वागत गरेभने , नाटाले पर्यटक बसबाट पोखरा भित्रिएका पर्यटकलाई स्वागत गरे । त्यसैगरी पर्यटन परिषद पोखराले कांहुडाडाको प्रबद्र्धन गर्न कार्यक्रम गरे भने रेवान पोखराले मिनी स्ट्रीट फेस्टिभलको आयोजना गरी विश्व पर्यटन दिवस मनाए ।

३९ औ विश्व पर्यटन दिवस मनाइरहदा पोखराका पर्यटन ब्यवशायीहरु भने नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० मा २० लाख पर्यटन नेपाल भित्रयाउने कुरामा सन्तोषजनक छैनन । पर्यटन ब्यवशायीहरुले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० अपरिपक्क ढंगको भनी ब्याख्या गर्न थालेका छन । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोख्रेलले सन २०२० मा २० लाख पर्यटन भित्रयाउने नेपाल सरकारको योजना अपरिपक्क भएको वताए । सरकारले पर्यटन वर्ष २०२० घोषणा गर्दा निजी क्षेत्रसंग कुनै छलफल बिना एकलौटी ढंगले बिना योजना अगाडी वढेको उल्लेख गर्दै पर्यटन संग सम्बन्धीत संघ सस्थाहरुसंग सहकार्य नगरीे निजी क्षेत्रलाई संयोजन नगरी अगाडी वढ्नु गलत भएको औल्याए । पोख्रेलले नेपाल सरकारले एन आरएनहरुको संयन्त्रलाई प्रयोग गरी नेपाल पर्यटन वोर्ड र नेपाल सरकारले छलफलनै नचलाएको आरोप समेत लगाए ।

सरकारले भिजिट नेपाल १९९८ मा १० लाख पर्यटन ल्याउने घोषणा गरेको भएतापनि २०१८ सम्म वल्ल १० लाख पर्यटक नेपालमा भित्रायो, उनले भने “हचुवाको भरमा भ्रमण वर्ष घोषणा गरेको छ, सरकारले पूर्वाधार तयार गरेरमात्र भ्रमण वर्ष घोषणा गरेको भए साच्चिकै सार्थकता पाउने थियो ।” पोखराका अग्रज पर्यटन ब्यवशायी गणेश बहादुर भट्टराइले पछिल्लो समय युरोपियन जापानिज पर्यटकहरु घटेको र चिनिया र भारतिय पर्यटकहरुमात्र नेपाल आउने गरेको बताउछन । रोयल नेपाल एयरलायन्सले युरोपबाट उडान भर्न बन्द गरेसंगै युरोपियन पर्यटकहरु नेपाल आउन छाडेका छन, उनले भने “सरकारले युरोपियन शहरहरुबाट हवाइ सेवा विस्तार गर्नुपर्छ, अनि विदेशी कम्पनीको जहाजलाई भन्दापनि नेपालको ध्वजाबाहक जहाज युरोपका शहरहरुबाट उडान नभर्दा सम्म नेपालमा पर्यटक भित्रिन गाह्रो छ ।”

काठमाण्डौका पुरातात्विक महत्वका सम्पदाहरुको अवस्था दयनिय बनेको र काठमाण्डौ धुवा र धुलोको शहर संगै नेपालमा सडकको अवस्था अतिनै दयनिय भएकाले पर्यटन भित्रयाउदै गर्दा यसबारेमा पनि सरकारले सोच्नुपर्ने भट्टराइको भनाइ रहेको छ । विदेशी ट्राभल मार्ट, ट्राभल एजेन्सीहरुले नेपालको प्याकेज बिक्री गर्नुपर्ने र त्यसपछि नेपाल भित्रिसकेपछि पर्यटकलाई नेपालको विभिन्न भुभागमा पुग्नको लागी पनि सडक र विमानस्थल तथा विमान सेवा विस्तारलाई जोड नदिएसम्म पर्यटन वर्ष घोषणा घोषणमामात्र सिमित हुने उनको आरोप छ ।

काठमाण्डौमा बसेर योजना बनाएरमात्र हुदैन, उनले भने “निजी क्षेत्रका ब्यवशायीहरुलाई सरल कर्जामा ऋण प्रवाह गरेर पर्यटन उद्योगलाई आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गर्नतर्फ सरकारले जोड दिनुपर्छ, अन्यथा योजनाको कुनै तुक छैन ।” त्यसैगरी सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिरहदा नेपालका तीन वटै तहका सरकारले पर्यटनलाई प्रमुख प्राथमिकता दिनुपर्ने नेपाल पर्यटन वोर्डका पूर्व कार्यकारी सदस्य टिकाराम सापकोटाको भनाइ छ ।

नेपालको सम्बृद्धीको मुख्य आधार नै पर्यटन भएकाले सहज तरिकाले पर्यटन प्रवद्र्धन गर्नुपर्ने सापकोटाले बताए । पर्यटनको पूर्वाधारका लागी सरकारले लगानी गर्नुपर्छ, उनले भने “निजी क्षेत्रको लगानी डुब्ने वतावरण बन्न हुदैन, सडक तथा हवाइ, सञ्जालहरु बिस्तार गरी एकद्धार प्रणालीबाट पर्यटक संग कर उठाएको खण्डमा मात्र भ्रमण वर्ष २०२० सफल हुने निश्चित छ ।”