सिहंदरबारवाट सुरु भयो देशव्यापी अतिथि देवो भव: अभियान

  • प्रकाशित मिति : बुधबार, अशोज १०, २०७५
  • Tourism Sanchar

टुरिजम संचार संवाददाता / काठमाण्डौ, असोज १० । नेपाल पर्यटन पत्रकार महासघले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अतिथि देवोः भव को शुभारम्भ गरेको छ । सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्राउने उदेश्यमा हातेमालो गर्न सो योजनाको शुभारम्भ गरेको हो । अतिथि देवोः भवको उद्घाटन सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।
महासङ्घलाई सरकारको सहयोगी भएर काम गर्न, पर्यटन प्रवद्र्धनमा ध्यान दिएर यसलाई समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासङ्घले थालेको अभियानमा सरकारले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
युएनडिपीका देशीय निर्देशक आइस्यानी लाबेले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई सार्थक तुल्याउन र नेपालको अर्थतन्त्र बलियो बनाउन पर्यटन एक मूल आधार भएको बताएकी थिइन । त्यस्तै महासङ्घका अध्यक्ष धनीराम शर्माले सामाजिक र पेशागत दायित्व बोकेर मुलुकभर यो अभियान आजैबाट सुरु भएको बताएका थिए ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक केबी शाहले मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रममा महासङ्घको विशेष भूमिका हुनेुपर्नेमा जोड दिएका थिए । त्यस्तै होटल एशोसियसन नेपाल हानका कार्यकारी प्रमुख टेकबहादुर महतले नेपाललाई कृषि, संस्कृति, स्वास्थ्य, जल, योग र आयुर्वेद पर्यटनका रूपमा विकास गर्न बताएका थिए ।

कार्यक्रममा देशभरिका १५० भन्दा बढी पर्यटन पत्रकारको सहभागिता थियो ।