नेपाल पर्यटन पत्रकार महासंघको तेस्रो केन्द्रीय साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५
  • Tourism Sanchar

काठमाडौँ, असोज ९ । ‘नेपाल पर्यटन पत्रकार महासंघ’को तेस्रो केन्द्रीय साधारण सभा २०७५ को उद्घाटन सत्र सम्पन्न भएको छ ।
आज काठमाडौको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको तेस्रो केन्द्रीय साधारण सभा कार्यक्रममा प्रमुख अतिथी रुपमा संघीय सभाका सभामुख कृष्ण बहादुर महरा र पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्माको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै सभामुख महराले पर्यटन पत्रकार महासंघले राम्रो कामको शुरुवात गरेको र नेपालमा पर्यटनको धेरै सम्भावना रहेको भन्दै नेपाललाई समृद्धिको बाटोमा अगाडी बढाउन पनि पर्यटन पत्रकारहरुको अहम भुमीका रहेको दावी गरे । उनले पर्यटन पत्रकार महासंघलाई अगाडी बढ्न सफलताको सुभकामना समेत दिएका थिए ।

त्यस्तै पर्यटन पत्रकार महासंका अध्यक्ष धनीराम शर्माले देशलाई समृद्धिको बाटोमा लानका लागि पत्रकारको ठुलो भुमीका रहेको बताए । हिजोका दिनमा राजनितिक आन्दोेलनमा पत्रकराहरुले ठुलो भुमीका निर्वाह गरेको भन्दै शर्माले अव पत्रकारहरु आर्थिक अभियानमा लाग्नु पर्ने बताए ।

कार्यक्रममा सभामुख महरा,पर्यटन पत्रकार महासंघका अध्यक्ष धनीराम शर्मा लगायत नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध देशभरका करिव ९० जना पत्रकारहरु र विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।