अतिथि देवो भवः राष्ट्रिय अभियान कार्यक्रमको तयारी पुरा

  • प्रकाशित मिति : सोमवार, अशोज ८, २०७५
  • Tourism Sanchar

टुरिजम संचार संवाददाता/ काठमाण्डौ,असोज ८ । नेपाल पर्यटन पत्रकार महासंघले आफ्नो तेस्रो साधारण सभा राजधानीमा गर्न लागेको छ । अघिल्लो बर्ष बर्दियाको ठाकुरद्वारामा पहिलो अधिवेशन गरेको महासंघले मंगलबार र बुधबार २ दिन सम्म राजधानीमा साधारण सभा गर्ने जनाएको छ । भोली हुने तेश्रो साधारण सभाको तयारी पनि पुरा भएको महासंघका व्यवस्थापन संयोजक दिप बहादुर घर्तीले जानकारी दिएका छन ।

“पर्यटन विधामा पत्रकारीता, सामाजिक उत्तरदायित्व सहित व्यवसायिकता” भन्ने नारासहित हुने साधारण सभाको उद्घघाटन मंगलबार बिहान ११ बजे नेपाल पज्ञा प्रतिष्ठानको सभाहलमा सभामुख कृष्ण बहादुर महराले गर्नेछन । बुधबार विहान १० बजे घोषणा सभा हुने र दिउसो २ बजे पर्यटन मन्त्रालयमा अतिथि देवो भवः राष्ट्रिय अभियानको उद्घघाटन पनि हुने महासंघका व्यवस्थापन संयोजक  घर्तीले जानकारी दिएका छन । कार्यक्रमको लागि सम्पुर्ण तयारी भैसकेको भन्दै उनले साधारण सभामा विधान, कार्ययोजना, प्रतिवेदन लगायतका विषयमा बहस साथ पारित गर्ने कार्यक्रम रहेको बताएका छन ।

साधारण सभा सहित हुने अतिथिदेवो भवः राष्ट्रिय अभियान महत्वपुर्ण रहेको र देशभरबाट साधारणसभाको लागि प्रतिनिधिहरु काठमाण्डौंमा आइपुगेको आयोजकले जनाएको छ ।