पर्यटनको बहुआयामिक गन्तव्य रसुवा

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५
  • Tourism Sanchar

राजधानी काठमाडौँबाट दुरीका हिसाबले नजिकै रहेको सुन्दर हिमाली जिल्ला रसुवा पर्यटकीय महत्वका दृष्टिले नेपालकै प्रमुख जिल्ला मध्ये एक हो । यो जिल्ला अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । रसुवा सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यका हिसाबले हिमाली पदयात्राका लागि सबैभन्दा उत्कृष्ट गन्तव्य मानिन्छ । याँहाका हिमाल, तालतलैया, बन्यजन्तु,तामाङ जातिको भाषा, धर्म, रहनसहन र संस्कृतिले यो जिल्लालाइ पर्यटकीय गन्तव्यको महत्वपूर्ण क्षेत्रको रुपमा चिनाएको छ ।

रसुवा जिल्ला सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले निकै धनी मानिन्छ । धार्मिक कुण्ड, हिमशृङखला, दुर्लभ बन्यजन्तु र तामाङ सस्कृतिका कारण रसुवा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छ । दुर्लभ जंगली जनावर, जडीबुटी र जलबिधुतका कारण समेत रसुवा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ । यो जिल्ला कुण्ड नै कुण्डको जिल्लाका नामले समेत प्रसिद्ध छ ।
पर्यटनका दृष्टिले रसुवालाई नेपालकै एक नमुना जिल्लाका रुपमा पाउन सकिन्छ । धार्मिक रुपले प्रसिद्द गोसाईकुन्ड, पार्वा्ितकुण्ड, दुधकुण्ड, भैरबकुण्ड लगायतका कुन्डहरु यसै जिल्लामा पर्दछन भने लाङटाङ हिमाल र गणेश हिमाल यहाका पर्यटकीय गन्तव्यका अर्को महत्वका क्षेत्र हुन् ।

रसुवा जिल्ला भौगोलिक विकटताका कारण पछाडि रहे पनि यहाँका अनगिन्ती पर्यटकीय सम्पदाका कारण निकै धनि छ । यहाँ विश्व मानचित्रमा समेत समावेश भएका कतिपय सम्पदाहरू छन् । जिल्लाको धार्मिक एवं पर्यटकीय स्थल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्ड, पार्वतीकुण्ड, सुर्यकुण्ड, नौकुण्ड, तातोपानी जस्ता कुण्डहरु यहाका महत्वपूर्ण सम्पदाहरु हुन् । यहाका कुण्डहरुमा स्नान गर्दा पुन्य प्राप्ति हुने जनविश्वास छ ।

हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडीबुटी, वन्यजन्तु र चराचुरुंगीलगायतले जिल्लाको गौरव बढाएका छन् । तीमध्ये पर्यटकीय एवं आर्कषणको केन्द्रबिन्दु लाङटाङ एक प्रमुख सम्पदा हो । लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ ।
सदावहार हिमशृंखला लाङटाङ लिरुङ हिमाल समुद्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाइमा अवस्थित छ । लाङटाङको चीनसँग सिमाना जोडिएको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ । लाङटाङमा आउने स्वदेशी तथा विदेशी पर्यटक मुख्यतया क्यान्जिन उपत्यकामा नै बस्ने र हिमशृंखलाको मज्जा लुट्ने गर्छन् । लाङटाङ पुग्नका लागि राजधानीबाट स्याफ्रुसम्मको सवारी यात्रापछि पैदलयात्रा अनिवार्य रहेको छ । त्यसको लागि ७ देखि १० दिन सम्म लाग्ने गर्दछ ।

पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने गोसाइँकुण्ड यहाको पर्यटकीय गन्तव्यको आर्को क्षेत्र हो । ४,३८० मिटरको उचाईंमा अवस्थित गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । गोसाइँकुण्ड वरिपरि अरू १०८ वटा कुण्ड छन् । १ सय ८ कुण्ड मध्ये २६ वटा कुण्डहरु यस क्षेत्रमा पर्छन । गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वती कुण्ड, पार्वतीकुण्ड, सुर्यकुण्ड, नौकुण्ड, तातोपानी जस्ता कुण्डहरु यहाका महत्वपूर्ण सम्पदाहरु हुन् । यहाका कुण्डहरुमा स्नान गर्दा पुन्य प्राप्ति हुने जनविश्वास छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले निकै आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्छन् । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । गोसाइँकुण्डलाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्र भित्र समावेश गरिएको थियो ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज पर्यटकीय सम्भावनाको अर्को महत्वपूर्ण क्षेत्र हो । यो १ हजार ७ सय १० किमि क्षेत्रफलमा फैलिएको छ । यस निकुन्ज क्षेत्रमा बिभिन्न प्रकारका दुर्लभ जीवजन्तु र बनस्पतिहरु पाइन्छन् । यो क्षेत्र ग्लेसियारको लागि पनि प्रख्यात रहेको छ । यस क्षेत्रमा रहेका लाङटाङ ग्लेसियर, लाङसिमा ग्लेसियर, साङवाचुम ग्लेसियर तहो ग्लेसियर, लिरुङ ग्लेसियर आदि आकर्षणका रुपमा रहेका छन् । निकुन्ज क्षेत्रमा रहेका प्राकृतिक आकर्षणहरु बाहेक यहा मानव निर्मित आकर्षक क्षेत्रहरु पनि छन् । यो क्षेत्र तामाङ जातिहरुको बसोबासको क्षेत्र भएकाले तामाङ सस्कृति पनि यस क्षेत्रको आकर्षणमा पर्दछन् । त्यस्तै यस क्षेत्रका धार्मिक महत्व बोकेका सिंगुम्बा, क्यान्जिन गुम्बा, ठुलो स्याप्रु गुम्बा, तार्केघ्याङ गुम्बा, मेलम्चीघ्याङ अति प्रख्यात छन् । यस क्षेत्रको नेपाल—तिब्वत सिमानामा रहेको रसुवागढी एतिहासिक क्षेत्र, धैबुङकोट कालिकामाइ मन्दिर, बेत्रावती सन्धि तथा रसुवा—नुवाकोट सिमानामा रहेको बेत्रावती एतिहासिक क्षेत्र थप आकर्षक मानिन्छन् ।

यस क्षेत्रमा १ हजार भन्दा बढी प्रकारका बनस्पतिहरु पाइन्छन् । यस क्षेत्रमा पाहिने मुख्य रुख बिरुवा हरुमा साल, खोटे सल्ला, गोब्रे सल्ला, चाप, लालीगुराँस, भोजपत्र, उत्तिस, कटुस, खरी, लोक्ता, थिगुरे सल्ला, धुपी, बाँझ, खस्रु, निगालो, चुत्रो, भलायो, कालो अन्गेरी, सिंदुरे, कालिकाठ, बिलाउने आदि पर्छन् । यो क्षेत्र जडिबुटीका लागि समेत प्रख्यात छ ।

निकुन्ज क्षेत्रमा ४६ प्रकारका स्तनधारी बन्यजन्तुहरु पाहिन्छन् । आसामी रातो बादर, हाब्रे, चरी बाघ, ध्वाँसे चितुवा, हिंउ चितुवा, कस्तुरी मृग, खैरो ब्वाँसो, पैका, घोरल, झारल, रतुवा मृग आदि यस क्षेत्रमा पाइने दुर्लभ बन्यजन्तु हुन् । यहा ३ सय ५० भन्दा बढी प्रकारका चराचुरुंगी पाहिन्छन् । डाँफे, मुनाल, हिमाली हिंउ कुखुरा, कालो तित्रा, कालिज, तिलहरी चरा, हाडफोर, राजा काग, हिमाली मलेवा, काँडे भ्याकुर, तोरीगंगा, हलेसो, डिकुरे भ्याकुर, रानिचरी आदि यहा पाहिन्छन् ।

यसका साथै यस क्षेत्रमा ११ प्रकारका घस्रने सरीसृपहरु, ३० प्रकारका माछा, ५८ भन्दा बढी प्रकारका पुतलीहरु र १० प्रकारका माकुराहरु पनि पाहिन्छन् । यो क्षेत्र बिभिन्न प्रकारका दुर्लभ बनस्पतिहरुले पनि प्रख्यात मानिन्छ । यहा साल बन देखि झाडी, झ्याउ बन क्षेत्र तथा माउन्टेन ट्रोपिकल टु अल्पाइन फोरेस्ट सम्म पाइन्छ । यस क्षेत्रमा १ हजार भन्दा बढी प्रकारका बनस्पतिहरु पाइन्छन् । यस क्षेत्रमा पाहिने मुख्य रुख बिरुवा हरुमा साल, खोटे सल्ला, गोब्रे सल्ला, चाप, लालीगुराँस, भोजपत्र, उत्तिस, कटुस, खरी, लोक्ता, थिगुरे सल्ला, धुपी, बाँझ, खस्रु, निगालो, चुत्रो, भलायो, कालो अन्गेरी, सिंदुरे, कालिकाठ, बिलाउने आदि पर्छन् । यो क्षेत्र जडिबुटीका लागि समेत प्रख्यात छ । याँहा ठुलो ओखती, पाखनबेद, धसिंगरे, सतुवा, झाम्किलो, मजिठो, चिराइतो, लौठसल्ला, टिमुर, पांचऔले, सुगन्धवाला, पदमचाल, कुट्की, जटामसी, विषमा, विषफेज आदि छन् । तामाङ जातिको म्हेन्दोमाया, साईखोले, मानेनाच, पारुनाच तथा लामानाच यहाका सास्कृतिक आकर्षण हुन् । विशेष पर्व र अवसरहरुमा अवलोकन गर्न पाइन्छ ।

यस क्षेत्रलाई लङटाङग पदमार्गको रुपमा विकास गर्न सकिन्छ । धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार संचालन गरी पर्यटन प्रवद्र्धन गर्न सकिने उक्तिकै सम्भावना देखिन्छ ।