विश्व पर्यटन दिवसमा नाट्टाले फुटसल आयोजना गर्ने

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५
  • Tourism Sanchar

काठमाडौँ, असाेज ५ । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । नाट्टाले आगामी सेप्टेम्बर २२ मा स्वयम्भु सरसफाई तथा फुटसल प्रतियोगिता आयोजना गरेको नाट्टाले जनाएकाे छ ।

 

फुटसलमा ट्राभल एजेन्सी,एयरलाईन्स, जिडिएसका  १२ वटा टिम सहभागि हुने र २३ सेप्टेम्बरका दिन रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।