नेफ्टोजको डडेल्धुरामा शाखा विस्तार,हिक्मतबहादुर सिंहले लिए नेतृत्व

  • प्रकाशित मिति : बुधबार, अशोज ३, २०७५
  • Tourism Sanchar

डडेल्धुरा, असोज ३ । नेपाल पर्यटन पत्रकार महासंघ ( नेफ्टोज)को पहिलो अधिवेशनबाट हिक्मतबहादुर सिंह अध्यक्षमा चयन भएका छन । आज भएको पहिलो अधिवेशनले वरिष्ठ उपाध्यक्ष पुस्कर भण्डारी,महिला उपाध्यक्ष ममता भट्ट,सचिव भूपेन्द्र विष्ट लाई चयन गरेको हो । त्यस्तै गरी सह–सचिवमा सकुन्तला साउँद,कोषाध्यक्ष तुलसी भण्डारी, सदस्यहरु आशिष मल्ल, प्रकाश पार्की, टीकाराम साउद, ललित बोहरा, हर्कबहादुर चन्द, तपेन्द्र विष्ट र ध्रुर्ब विष्ट निर्वाचित भएका हुन ।