आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन क्षेत्र प्रमुख प्राथमिकतामा – मन्त्री चौधरी

  • प्रकाशित मिति : बुधबार, अशोज ३, २०७५
  • Tourism Sanchar

कपिलवस्तु, असोज ३ । प्रदेशको आर्थिक विकास र समृद्धिका लागि कृषि र पर्यटन क्षेत्र प्रमुख प्राथमिकता भएको प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताएका छन । आज शिवराज नगरपालिका–९ शिवगढीलाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रममा बोल्दै उनले कृषिमा आधुनिकीकरण गर्न सिँचाइ र यान्त्रिक प्राविधिमा प्रदेश सरकारले जोड दिएको को यसले पर्यटन विकासमा प्रदेशलाई अघि बढाइने बताएका हुन ।

मानव सूचाङ्कको हिसाबले प्रदेश नं ५ पछाडि रहेको र कपिलवस्तु यो प्रदेशमै साक्षर दर निकै कम भएको जिल्ला रहेकाले यस वर्ष यहाँ साक्षर अभियान सञ्चालन गरिएको समेत बताएका थिए । पर्यटनले नै प्रदेशको मुख्य आर्थिक विकासमा सहज पु¥याउने बताउँदै प्रदेश भित्र रहेका ओझेलमा रहेका पर्यटकीय क्षेत्रलाई संरक्षण र सम्वद्र्धनमा प्रदेशले लगानी गर्ने समेत उनले बताएका थिए ।