नेफ्टोज जिल्ला शाखा भक्तपुरको शाखा गठन, सतेन्द्र चौलागाई सर्वसम्मतले चयन

  • प्रकाशित मिति : शनिबार, भदौ ३०, २०७५
  • Tourism Sanchar

जि.पि.पौडेल / भक्तपुर,भदौ ३० । नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) को भक्तपुर शाखा बिस्तार भएको छ । आज भएको प्रथम अधिवेशनबाट सतेन्द्र चौलागाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । नेफ्टोज भक्तपुर शाखाको सम्पन्न पहिलो अधिवेशनबाट सतेन्द्र चौलागाईको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरिएको हो ।
जिल्ला शाखाको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा आर के प्रखर, महिला उपाध्यक्ष अप्सरा ओली, सचिव सुशील कार्की, सहसचिव अन्जली बराल, कोषाध्यक्ष दीपेश बराल चयन भएका छन् । त्यस्तै गरी सदस्यहरूमा अर्पणा खड्का, प्रसुन संगौला, पवन दोधारी, धर्म महरा, बाबुराम भट्टराई, सुजन श्रेष्ठ, विनोद खड्का चयन भएका छन् । प्रदेश अधिवेशन प्रतिनिधि तर्फ लक्ष्मी लामा र अनिल चौलागाई छनौट भएको भक्तपुर अध्यक्ष चौलागाईले बताएका छन ।
आज भएको शाखा अबिधेशनमा केन्द्रिय अध्यक्ष धनिराम शर्मा ऋतुबिचार र केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त प्रताभ सिंहको बिशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष धनिराम शर्मा ऋतुबिचारले नेफ्टोजले गरेका हरेक क्रियाकलाप र आगामी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त प्रताभ सिंहलले भक्तपुर शाखा गठन भएकोमा शुभकामना दिनुभएको थियो ।
त्यस्तै जिल्ला शाखा ललितपुर अध्यक्ष प्रकाश रानाभाटले उपत्यका संग समन्वय गरेर अघि बढ्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा जिल्ला शाखा काठमाण्डौका शाखा अध्ययक्ष जि.पि.पौडेल, प्रदेश प्रतिनिधी मनोज पराजुली, दिपक पराजुली लगायतको बिशेष उवस्थिती रहेको थियो ।