भकुण्डे होमस्टेमा बढ्दै पर्यटक

  • प्रकाशित मिति : बिहिबार, भदौ २८, २०७५
  • Tourism Sanchar

पोखरा,भदाै २८ । दशकदेखि होमस्टे सञ्चालन गर्दै आएकी भकुण्डे कि अप्सरा थापाको घरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसहितका पाउन पुग्दा बस्ने ठाउँ पुगेन भकुण्डेका दर्जनभन्दा बढी होमस्टे सञ्चालित घरमा पाहुना बाँधेर राख्दा पनि अट्न हम्मेहम्मे भयो । सामुहिक रूपमा बस्ने व्यवस्थापन छुटै गराए समूहमा आउने योजना उनीहरु सधैका लागि भने होइन ।

विशेष अवसरमा मात्र हो प्रचारप्रसारले पुगेका पाहुना सँगै परदेश सरकारले होमस्टे थप गर्ने र भएकालाई व्यवस्थापन गर्ने निर्णय गरेपछि पर्यटक बढ्न थालेका छन् । संचारका लागि पर्यटन बोर्डबाट उनीहरुले पनि तालिम पाएका छन् । खाना पकाउने सरसफाई लागि उनीहरुले तालिमपछि पाएको प्रमाणपत्र र घर घरमा होमस्टेको बोर्ड बनाएर राखिएको छ ।

सँगसँगै त्यहाँका ९ वटा घरमा भने छुट्टै पाहुना कोठा पनि निर्माण गरिएको छ । पश्चिम क्षेत्रमा घुम्न आएका जापानी र कोरियाली पर्यटक भकुण्डे नियमित पुग्छन् । काठमाडौंका विभिन्न ट्राभल एजेन्सी र कलेजका विद्यार्थीहरु भर्मण पनि भकुण्डेको रोजाइमा पर्न थालेको छ।