गीति एल्बमले पर्यटक आगमन बढ्यो

  • प्रकाशित मिति : मङ्लबार, भदौ २६, २०७५
  • Tourism Sanchar

पोखरा भदाै २६। पर्यटन प्रवर्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एल्बम तयार गर्न थालिएको छ l गीति एल्बममा गाउँको विविधतासँगै स्थानीय सरकार संस्कृति भेषभुषा प्राकृतिक सुन्दरता धार्मिक आस्था पुरातात्विक सम्पदा लगायतका कुरा समेटेर प्रचारप्रसार थालिएको छ। गीति एल्बमले पर्यटक आगमन बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।

गीतिएल्बम कारण पर्यटक आकर्षित भएको सिउरुङ ग्रामीण पर्यटन विकास समितिका सचिव गुमबहादुर गुरुङ बताउनुहुन्छ। गीति एल्बममा दृश्य देखेर स्थल स्थलगत अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । देश-विदेशमा प्रचारप्रसार गर्न अन्य माध्यमबाट माध्यमभन्दा गीतिएल्बम उपयुक्त माध्यम हो । घले गाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भने पुराना कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र जगाउन सजिलो भएको ताघ्रिङका पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउँछन् ।

युवा दिनदिनै नयाँ नयाँ कुराको खोजीमा हुन्छन् विष्णु गुरुङले भने निर्माण हुन थालेपछि नृत्य तथा अभिनयतर्फ युवा पुस्ताको आकर्षण बढेको छ । पर्यटन विकास मुलुकको समृद्धिको आधार भएकोले त्यसमा सरकारले लगानी गर्नुपर्ने लमजुङ उद्योग वाणिज अदक्ष राजेश थापा बताउनुहुन्छ । विभिन्न गाउँका बारेमा गीत लेख्ने त्यही गीतको माध्यमबाट नीतिहरु निर्माण गर्ने तथा गाउँका गाउँमा आएका पाउनलाई स्थानीय गीतमा नाचेर स्वागत गर्ने चलन अहिले बढ्दै गएको छ।