‘बा’ले किनिदिएको ऊनको सुईटर-अस्मिता गिरी 

अस्मिता गिरी 

सधैं तिमलाई नै कल गरि
आमा खोई
भनी सोध्दा को पल,
पिडाले मन
नजलाउनु है बा ।
सन्तानले आमा च्याप्दा
मैले माया दिन सकिनछु भनी ,
आँशु पिउदै नबस्नु है बा ।
मैले सन्तानका लागि
गरेका दुख देखेनन भन्दै ,
खुईलिएको तालु
अनि
पिल्सिएको पिठ्युँ
सुम्सुम्याउदै नबस्नु है बा ।

अंह नाई
त्यो कदापि हैन बा..
बा मैले देखेको छु
कर्तव्य बोक्नुको पिडा,
ती तिम्रा किचिएका तालु
खिईएका हात खुट्टाका नङ
हजारौं डोको चिसो मल बोकि
सधैं सन्तानलाई
पेटमा तातो खुवाउन गरेको दुःख
त्यो चिसोकै कारण
अहिले घुडा दुख्दा नि
झुटो मुस्कान दिन्छौं
थाहा छ बा
आफु पुरानो
त्यो पनि पातलो कपडामा
सन्तानको हात खुट्टा
गाला नफुटुन भनी
हजारौं खुसिले
ल्याईदिएको त्यो
ऊनको सुईटर
उस्तै छ बा

पैतालामा अझै ती
काडाका डोबहरु
भारि बोक्दा लडेर
भाच्चिएका हड्डीहरु
अहिले त्यो पिडा सहेर नि
झुटो मुस्कान
थाहा छ बा
त्यो प्रचण्ड गर्मीमा पनि
सन्तानका ईच्छा पुरा गर्न
तिमीहरू सुत भन्दै
अहोरात्र संङ्घर्ष गरेको
मानसपटलमा ताजै छ बा।

तिमिले दीएका ओत
तिमीले पाएका चोट
हाम्रो खुसिमा हाँस्छौ
साना साना खुसि
हाम्रै निम्ति साच्छौ
थाहा छ बा ।
तिमी हाम्रो हर खुसि हौ ,
मोतिको उज्यालो
अध्यारोमा देखिएझै
त्यो मोती हौ बा ।
तिम्रो सधैं आशिर्वाद
र माया बिना
सपना साकार त के
कल्पना गर्न नी
असम्भव छ बा ।
तिम्रो ऋण तिर्न नसके नि
सधै खुसी बनाउन
प्रयत्न गर्ने छु बा ,
सधै तिमिले देखाएको
बाटोमा हिड्ने छु बा ।

लेखक नेपाल पर्यटन पत्रकार महासंघ, केन्द्रीय सदस्य हुनुहून्छ ।