नेपाल पर्यटन पत्रकार महासंघको केन्द्रीय बैठक तथा तेश्रो केन्द्रीय साधारणसभा काठमाण्डौमा हुदै

  • प्रकाशित मिति : आइतवार, भदौ २४, २०७५
  • Tourism Sanchar

जि.पि.पौडेल / काठमाण्डौ,भाद्र २४ । नेपाल पर्यटन पत्रकार महासंघको तेश्रो साधारण सभा तथा केन्द्रीय बैठक काठमाण्डौमा हुने भएको छ ।

“पर्यटन विधामा पत्रकारिता,सामाजिक उत्तरदायित्वसहित व्यवसायीकता“ भन्ने मुल नाराका साथ नेपाल पर्यटन पत्रकार महासंघको केन्द्रीय बैठक असोज ७ गते तथा तेश्रो केन्द्रीय साधारणसभा यहि आश्विन ८ र ९ गते काठमाडौमा हुन गइरहेको पर्यटन पत्रकार महासंघले जनाएको छ । केन्द्रीय अध्यक्ष धनिराम शर्माले बिज्ञप्ती जारी गर्दै सम्पुर्ण केन्द्रीय पदाधिकारी, प्रदेश संयोजक तथा जिल्ला सदस्यहरुमा उपस्थिीको लागी आब्हान गरिएको जानकारी दिनुभएको छ ।
केन्द्रीय सचिवालय काठमाण्डौको आयोजना रहने कार्यक्रममा बिभिन्न जिल्ला तथा प्रदेशका संयोजक तथा अध्यक्ष उपस्थिती रहने केन्द्रले जानकारी दिएको छ ।