पर्यटकको सम्भावना बोकेको बाराहताल ओझेलमा

  • प्रकाशित मिति : शनिबार, भदौ २३, २०७५
  • Tourism Sanchar

पोखरा , भाद्र २३ । पर्यटकको सम्भावना बोकेको बाराहताल ओझेलमा परेको छ। जलजला गाउँपालिका २ पुरानो धारा स्थित बराहताल पूर्वाधार संरक्षण र प्रचारको अभावका कारण ओझेलमा परेको हो । बाराह तालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीयवासीले सकृयता देखाएका छन् समुद्री सतहदेखि १९५० मिटरको उचाइमा अवस्थित बाराहताल तीन रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ करिब तीन मिटर गहिरो यस तालको पृष्ठभुमिमा धौलागिरी र निलगिरी हिमाल रहेकोछ बस्तीदेखि टाढा एकान्त बाट परेको बराहताल l

पर्यटन पूर्वाधार विकासको पर्खाइमा रहेको स्थानीयले बताएका छ्न। यहाँ बाट पर्वत म्याग्दी बाग्लुङको विभिन्न बस्तीको अवलोकन गर्ने सकिन्छ हिमालको छायाँ पर्दा निकै आकर्षक र मनमोहक देखिन्छ नजिकै रहेको बाँसखर्कमा पर्यटन बढे पनि बाराहताल प्रचार नहुँदा ताल सुनसान छ।